Kathmandu Press

म्यानमारमा ३० बर्षपछि मृत्युदण्डको घोषणा

याङ्गुन, जेठ २१ : म्यानमारको सैनिक सरकारप्रति वफादार बन्दै यहाँको एक अदालतले आङ सान सुकीको पार्टी ‘नेशनल लिग फर डिमोक्रेसी पार्टी (एनएलडिपी)’ का...
म्यानमारमा ३० बर्षपछि मृत्युदण्डको घोषणा

याङ्गुन, जेठ २१ : म्यानमारको सैनिक सरकारप्रति वफादार बन्दै यहाँको एक अदालतले आङ सान सुकीको पार्टी ‘नेशनल लिग फर डिमोक्रेसी पार्टी (एनएलडिपी)’ का पूर्व सदस्य र एक प्रतिष्ठित प्रजातन्त्रवादी अधिकारकर्मीलाई मृत्युदण्ड दिने सरकारी निर्णयलाई सदर गरेको छ।

उनीहरू दुवैलाई आतंकवादलाई प्रश्रय गरेको भन्दै दोषी ठहर गरिएको हो।

Hardik ivf

सन् १९९० देखि देशमा अदालतले मृत्युदण्डलाई सदर गरेको यो पहिलो घटना भएको आङ साङ सरकारी प्रवक्ताले एएफपीलाई शुक्रबार जानकारी गराए।

प्रवक्ता जाउ मिन तुनले एएफपीसँग भने, 'पूर्व सांसद फियो जेया थाउ र प्रजातन्त्रवादी अधिकारकर्मी को जिम्मीसहित चार जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो। उहाँहरूलाई जेलको प्रक्रिया अनुसार फाँसी दिइनेछ।'

सैनिक सरकार, जुन्ताले गत वर्ष सत्ता कब्जा गरेपछि भएका झडप तथा दमनका क्रममा दर्जनौं ‘सैनिक विद्रोह’ विरोधी कार्यकर्ताहरूलाई मृत्युदण्डको सजाय सुनाएको हो। म्यानमारले सन् १९९० पछि अदालती प्रक्रियाबाट मृत्युदण्डलाइ सदर गरेको थिएन।

गत नोभेम्बरमा गिरफ्तार भएका आङ सान सुचीको नेशनल लिग फर डेमोक्रेसीका सदस्य फियो जेया थाउलाई आतंकवाद विरोधी कानून अन्तर्गत अपराधका लागि जनवरीमा मृत्युदण्डको सजाय सुनाइएको थियो।

‘जिम्मी’ भनेर चिनिने प्रजातन्त्रवादी प्रसिद्ध अभियन्ता क्यो मिन युले पनि अर्थसैन्य न्यायिक निकायबाट सोही कसुरमा सजाय तोकिएको हो।

जुन्ता प्रवक्ता जाउ मिन तुनले भने, 'उनीहरूलाई सजायमाथि पुनः अवलोकनका लागि निवेदन गर्ने र पठाउने कानुनी प्रक्रियालाई निरन्तरता दिएको तर अदालतले उनीहरूको मागलाई अस्वीकृत गरेको छ।'
 
मृत्युदण्डको कुनै मिति नतोकिएको प्रवक्ता तुनले बताए।

प्रकाशित मिति: १८:५५ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्