Kathmandu Press

सिन्धुपाल्चोकको लागि ४ अर्ब ६० करोडको बजेट

काठमाडाैं, जेठ २० : सङ्घीय सरकारमार्फत सिन्धुपाल्चोक जिल्लाको लागि चार अर्ब ६० करोड ६७ लाखको बजेट छुट्टाइएको छ। सङ्घीय सरकारको आर्थिक वर्ष २०७९/८०...
सिन्धुपाल्चोकको लागि ४ अर्ब ६० करोडको बजेट
Hardik ivf

काठमाडाैं, जेठ २० : सङ्घीय सरकारमार्फत सिन्धुपाल्चोक जिल्लाको लागि चार अर्ब ६० करोड ६७ लाखको बजेट छुट्टाइएको छ। सङ्घीय सरकारको आर्थिक वर्ष २०७९/८० विनियोजित बजेटबाट १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा चौतारा साँगाचोकगढी नगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ। सो नगरपालिकाले ६५ करोड ६८ लाख पाँउदा भोटेकोशी गाउँपालिकाले २६ करोड आठ लाख प्राप्त गरेको छ।

यसैगरी मेलम्ची नगरपालिकाले ६२ करोड ५ लाख प्राप्त गरेको छ। त्यस्तै बाह्रबिसे नगरपालिकाले ३७ करोड ७२ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले २७ करोड २४ लाख र लिसङ्खुपाखर गाउँपालिकाले ३० करोड ८३ लाख प्राप्त गरेको छ।

यस्तै सुनकोशी गाउँपालिकाले ३६ करोड ३१ लाख, बलेफी गाउँपालिकाले ३३ करोड ९५ लाख र जुगल गाउँपालिकाले ३३ करोड ८२ लाख प्राप्त गरेको छ। यसैगरी ईन्द्रावती गाउँपालिकाले ४४ करोड आठ लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिका, ३३ करोड एक लाख र हेलम्बु गाउँपलामिमा ३० करोड छुट्ट्याको छ।

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्