Kathmandu Press

प्रतिनिधिसभाको अर्को बैठक आगामी सोमबार बस्ने

काठमाडाैं, जेठ २० : प्रतिनिधिसभाको अर्को बैठक आगामी सोमबार (जेठ २३ गते) बस्ने भएको छ।सभामुख अग्निप्रसाद सापकोटाले छलफल गर्न बाँकी कार्यसूची हटाएर आजको बैठक स्थगित...
प्रतिनिधिसभाको अर्को बैठक आगामी सोमबार बस्ने

काठमाडाैं, जेठ २० : प्रतिनिधिसभाको अर्को बैठक आगामी सोमबार (जेठ २३ गते) बस्ने भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले छलफल गर्न बाँकी कार्यसूची हटाएर आजको बैठक स्थगित गरी जेठ २३ का लागि अर्को बैठक डाकेका हुन्।

आजको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईलले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए भने त्यसमाथि विभिन्न सांसदहरूले बोलेका थिए।

आजकाे बैठकमै बहुमतले विनियोजन विधेयक २०७९/८० पारित भएको छ।

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटसँग जोडिएका विभिन्न तीन विधेयक पनि प्रस्तुत गरे। ती विधेयकमा ‘विनियोजन विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ हुन्।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ पेस गरे। 

साेमबार बस्ने बैठकमा आज पेस गरिएका विधेयकहरुमाथि छलफल हुनेछ।

प्रकाशित मिति: १८:३७ बजे, शुक्रबार, जेठ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्