Kathmandu Press

राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेस

काठमाडाैं, जेठ २० : राष्ट्रिय सभामा “यौन अपराध विरुद्ध उजुरी हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्वन्धमा” सङ्कल्प प्रस्ताव पेश भएको छ।सांसद कमला पन्तले पेश...
राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेस

काठमाडाैं, जेठ २० : राष्ट्रिय सभामा “यौन अपराध विरुद्ध उजुरी हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्वन्धमा” सङ्कल्प प्रस्ताव पेश भएको छ।

सांसद कमला पन्तले पेश गर्नुभएको सो सङ्कल्प प्रस्तावमा सांसदहरु विमला राई पौड्याल, विमला घिमिरे, गङ्गाकुमारी बेल्वासे, प्रमिलाकुमारी, मदनकुमारी शाह, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखर कुमार सिंहले समर्थन गरेको थियो। 

प्रस्तावपछि छलफलमा भाग लिँदै सांसद सुरेश कुमार आलेले सङ्कल्प प्रस्तावको समर्थन गर्दै अपराधको मुख्य कारण पत्ता लगाएर समाधान खोज्नुपर्नेमा जोड दिए।

अर्का सांसद भैरव सुन्दर श्रेष्ठले संविधानसँग बाझिएका ऐनहरु संशोधन गर्दै बाल यौन हिंसा जस्ता अपराधलाई जघन्य  अपराधको रुपमा लिनुपर्ने बताए।

सांसद सुमित्रा विसीले महिलाहरु आफ्नै घरभित्र असुरक्षित रहेको सन्दर्भ उल्लेख गर्दै बाल यौन हिंसाबारे कडा कानुनको व्यवस्था गर्नुपर्ने माग गरिन्।

सांसद गोमादेवी तिमिल्सिनाले अपराधी नछुट्ने र निर्दोष नफस्ने गरी यौन अपराधसम्बन्धी कानुनको संशोधन गर्नुपर्ने बताइन्।

सांसदहरु दिलकुमारी रावल थापा, जयन्तीदेवी राई, उर्मिला अर्याल र नरपती लोहारले यौन अपराध विरुद्ध उजुरी हदम्याद हटाउनुपर्नेमा माग गरिन्। 

प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, जेठ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्