Kathmandu Press

ब्राजिलमा रोकिएन वर्षा र बाढी : १२६ को मृत्यु, ९ हजार बढी विस्थापित

रियो डि जेनेरिया, जेठ २० : ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ। अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको...
ब्राजिलमा रोकिएन वर्षा र बाढी : १२६ को मृत्यु, ९ हजार बढी विस्थापित

रियो डि जेनेरिया, जेठ २० : ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ। अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरुका अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ। गत सातादेखि परेको भीषण वर्षाका कारण यहाँ मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन्।

यहाँका कम्तिमा पनि ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन्। त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पुर्‍याएको छ। यहाँका सयौँ घर  भासिएका छन्। उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ।

पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो पटक भएको अधिकारीहरुले जनाएका छन्। यसअघि सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा परेर १७५ जनाले ज्यान गुमाएका थिए।

पर्नाम्बुका २० भन्दा बढी नगरपालिकाले आपतकालीन अवस्था घोषणा गरेका छन्  भने संघीय सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका निम्ति लगभग  २०० मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ।

प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, जेठ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्