Kathmandu Press

हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्छ : बाइडेन

वासिङ्टन, जेठ २० : संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले बालबालिका र परिवारको सुरक्षाका लागि घातक हतियार...
हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्छ : बाइडेन

वासिङ्टन, जेठ २० : संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले बालबालिका र परिवारको सुरक्षाका लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताएका छन्। 

यदि त्यसो गर्न नसकिए हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्नेमा उनले जोड दिएका छन्। हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ।

'हामीले घातक हतियारमा प्रतिबन्ध लगाउन आवश्यक छ यदि हामी त्यसो गर्न सक्दैनौं भने २१ वर्ष नपुगेकालाई हतियार बेच्न हुँदैन,' उनले भनेका छन्।

हालै टेक्सासको उभल्देस्थित रोब प्राथमिक विद्यालयमा भएको गोलाबारीमा १९ बालबालिकासहित कैयौँको मृत्यु भएको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले हतियारमा प्रतिबन्ध लगाउन र त्यसो गर्न नसकिए खरिदको उमेर बढाउनुपर्नेमा जोड दिएका हुन्। 

बालबालिका र परिवारको सुरक्षाका साथै समुदायको रक्षाका लागि त्यसो गर्न जरुरी भएको उल्लेख गर्दै राष्ट्रपतिले कसैको बन्दुक खोस्ने नभएको स्पष्ट पारे।

भयरहित वातावरणमा विद्यालय, किराना पसल, गिर्जाघर जतासुकै स्वच्छन्द रुपमा जान पाउने अधिकार र स्वतन्त्रताको रक्षाका लागि बन्दुक खरिदको न्यूनतम उमेर बढाउनुपर्ने तर्क उनले गरे।

प्रकाशित मिति: १६:५७ बजे, शुक्रबार, जेठ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्