Kathmandu Press

भोटो देखाउने जात्रा मर्यादित रुपमा मनाउन सरकारकाे आग्रह

काठमाडाैं, जेठ २० : सरकारले भोटो देखाउने जात्राका अवसरमा गृह मन्त्रालयले सबैलाई शुभकामना दिँदै जात्रा मर्यादित रुपमा मनाउन आग्रह गरेको छ।मन्त्रालयले आज (शुक्रबार)...
भोटो देखाउने जात्रा मर्यादित रुपमा मनाउन सरकारकाे आग्रह

काठमाडाैं, जेठ २० : सरकारले भोटो देखाउने जात्राका अवसरमा गृह मन्त्रालयले सबैलाई शुभकामना दिँदै जात्रा मर्यादित रुपमा मनाउन आग्रह गरेको छ।

मन्त्रालयले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर शनिबारका लागि सार्वजनिक बिदासमेत परेको र  मर्यादित रुपमा जात्रा मनाउन आग्रह गरेको छ।।

रातो मच्छिन्द्र नाथको रथ र मीननाथको रथ ललितपुरको लगनखेल थटी चोकबाट जावालाखेल पुगेको तथा जावालाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेको विज्ञप्तिमा उल्लेख छ। 

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जावलाखेलमा भोटो देखाउने कार्यक्रम हुनेछ। 

रातो मच्छिन्द्र नाथको जात्रा काठमाडौं उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रूपमा रहेको छ।

प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, जेठ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्