Kathmandu Press

चन्द्रागिरि डिजिटल युगमा : ‘क्युआर कोड’ मार्फत राजस्व संकलन

काठमाडाैं, जेठ २० : चन्द्रागिरि नगरपालिकाले नगरपालिका र वडाको राजस्व सङ्कलनका लागि अत्याधुनिक सूचना प्रणालीको उपयोग  गर्न सुरुआत गरेको छ । यसका लागि...
चन्द्रागिरि डिजिटल युगमा : ‘क्युआर कोड’ मार्फत राजस्व संकलन

काठमाडाैं, जेठ २० : चन्द्रागिरि नगरपालिकाले नगरपालिका र वडाको राजस्व सङ्कलनका लागि अत्याधुनिक सूचना प्रणालीको उपयोग  गर्न सुरुआत गरेको छ । यसका लागि उसले ‘क्यूआर कोड’ मार्फत पनि राजस्व सङ्कलन प्रारम्भ गरेको छ ।

यससँगै यही जेठ महिनाभित्र नगरपालिका तथा वडाका राजस्वसम्बन्धी सम्पूर्ण सेवा डिजिटल वालेट, कनेक्ट आइपिएस लगायतका अनलाइन सेवामार्फत सुरु हुनेछ । नगर तथा वडाका सेवाग्राहीलाई एसएमएसमार्फत सुसूचित गर्ने कार्य पनि तत्कालै  सुरु हुने नगरपालिकाले जनाएको छ । 

Hardik ivf

नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘क्यूआर कोड’ सेवाको शुभारम्भ गर्दै नगरपालिकाले निर्माण गरी हस्तान्तरणको चरणमा रहेको जिपिएस/जिआइएस प्रणालीको नगर प्रोफाइललाई यस अनलाइन सेवासँग जोडिने कार्य पनि यथाशीघ्र सम्पन्न हुने जानकारी दिए। 

उनले भने, 'यसपश्चात् नगरवासीले सम्पूर्ण सेवा अनलाइनमार्फत घरमै बसी उपभोग गर्न सक्दछन्।' आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख गरेअनुसार नगरपालिकामा प्रविधियुक्त सुशासन कायम गर्न यस किसिमको अनलाइन सेवाले अहं भूमिका हुने नगरप्रमुख गिरीले बताए। 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उहाँ दोस्रो कार्यकालका लागि नगरप्रमुख पदमा निर्वाचित भएका थिए। 'उत्पादन रोजगार र बजारीकरण : प्रविधि युक्त सुशासन’ भन्ने नारालाई उनले प्राथमिकता दिएका छन्।

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्