Kathmandu Press

अमेरिकाको आयोवामा गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु

वासिङ्टन, जेठ २० : अमेरिकाको आयोवा राज्यको एम्समा बिहीबार एउटा चर्च बाहिर गोली चल्दा दुई  सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु भएको छ।स्टोरी काउन्टी शेरिफको...
अमेरिकाको आयोवामा गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु

वासिङ्टन, जेठ २० : अमेरिकाको आयोवा राज्यको एम्समा बिहीबार एउटा चर्च बाहिर गोली चल्दा दुई  सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु भएको छ।

स्टोरी काउन्टी शेरिफको कार्यालयले ट्वीटमा उल्लेख गरेअनुसार चर्चको पार्किङमा एक पुरुष व्यक्तिले दुई जनालाई गोली हानेका थिए।

शेरिफको कार्यालयले बताएअनुसार त्यहाँ तीन जनाको मृत्यु भएको छ, ती मध्ये एक जना बन्दुकधारीको रूपमा पहिचान गरिएको पुरुष पनि हो।   

एम्स स्टोरी काउन्टीको शहर मध्य आयोवाको डेस मोइन्सबाट ५० किलोमिटर उत्तरमा छ।

प्रकाशित मिति: १६:०७ बजे, शुक्रबार, जेठ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्