Kathmandu Press

युद्धमा कोही विजेता हुँदैन : राष्ट्रसंघ

किभ, जेठ २० : संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ।जारी रुस(युक्रेन द्वन्द्व सयौं दिनमा प्रवेश गरेको सन्दर्भमा  संयुक्त  राष्ट्रसंघको...
युद्धमा कोही विजेता हुँदैन : राष्ट्रसंघ

किभ, जेठ २० : संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ।

जारी रुस(युक्रेन द्वन्द्व सयौं दिनमा प्रवेश गरेको सन्दर्भमा  संयुक्त  राष्ट्रसंघको यो टिप्पणी सार्वजनिक भएको हो। जारी द्वन्द्वमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा गहिरो दबाब दिइरहेको छ।

'यस युद्धको कुनै विजेता छैन र हुनेछैन। बरु, हामीले १०० दिनसम्म के(के गुमाएको देख्यौंस् जीवन, घर, रोजगारी र सम्भावनाहरू,' अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्रसंघ सङ्कट संयोजकले विज्ञप्ति मार्फत सो टिप्पणी गरेका छन्।

प्रकाशित मिति: १५:५७ बजे, शुक्रबार, जेठ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्