Kathmandu Press

जुम्लाका स्थानीय तहमा बढ्यो बजेट

जुम्लाका स्थानीय तहमा बढ्यो बजेट

काठमाडाैं, जेठ २० : सङ्घीय सरकारले जुम्लाका एक नगरपालिकासहित सात  गाउँपालिकामा बजेट बृद्धि गरेको छ। 

आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँटमा चन्दननाथ नगरपालिकालाई रु ४० करोड ४३ लाख बजेट विनियोजन गरिएको छ। त्यस्तै कनकासुन्दरी गाउँपालिकालाई ३१ करोड ५५ लाख बजेट आएको गाउँपालिको लेखाशाखाले जनाएको छ।

गोठीचौर गाउँपालिकालाई रु २० करोड ५२ लाख ,तातोपानी गाउँपालिकालाई रु ३१ करोड पाँच लाख, तिला गाउँपालिकालाई रु ३७ करोड ३७ लाख बजेट प्राप्त गरको छ।

यसैगरी जिल्लाको पातारासी गाउँपालिकाले रु ३१ करोड , सिंजा गाउँपालिकाले रु २७ करोड ५१ लाख र हिमा गाउँपालिकाले रु २८ करोड १० लाख  समपूरक बजेट प्राप्त  गरेको छ।

यहाँका सात गाउँपालिकामध्ये सबैभन्दा बढी तिला र सबैभन्दा कम गुठीचौर गाउँपालिकालाई संघीय सरकारबाट बजेट आएको छ।

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्