Kathmandu Press

आइतबार नवलपरासीकाे चोरमारामा सडक अवरुद्ध हुने

नवलपुर, जेठ २० : यही जेठ २२ गते आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को चोरमारामा ६ घण्टा सडक अवरुद्ध हुने भएको छ।सो स्थानको गिरुबारी...
आइतबार नवलपरासीकाे चोरमारामा सडक अवरुद्ध हुने

नवलपुर, जेठ २० : यही जेठ २२ गते आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को चोरमारामा ६ घण्टा सडक अवरुद्ध हुने भएको छ।

सो स्थानको गिरुबारी खोलाको पुल मर्मतका लागि सडक अवरुद्ध हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।

Hardik ivf

उनका अनुसार आइतबार बिहान ८ बजदेखि दिउँसो २ बजेसम्म पुल मर्मतका हुने छ।

पुलको बीच भाडमा भ्वाङ परेका कारण यातायात आवागमन बन्द गरेर नियमित मर्मतसम्भारको काम गर्न लागिएको प्रजिअ घिमिरेले बताए। 

उक्त खण्डको वैकल्पिक सडक प्रयोग गर्न समेत प्रशासनले  अनुरोध गरेको छ। विस्तारका क्रममा पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डमा पुराना फलामे पुल पुराना भएकाले मर्मत गर्दै यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ।

राजमार्ग विस्तारसँगै पुराना फलामका पुल विस्थापित गरी नयाँ पक्की पुल बनाउनका लागि संरचना निर्माणको कामसमेत भइरहेको छ। 

प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्