Kathmandu Press

मौसम विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान गर्न सहजीकरण गर्ने

मौसम विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान गर्न सहजीकरण गर्ने

काठमाडाैं, जेठ १९ : जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिरकरणले आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न आग्रह गरेको निर्णयलाई स्वीकारी आवश्यक समन्वय र सहजीकरण गर्ने विभागले जनाएको छ।

प्राधिकरणले जहाज उडान हुने र अवतरण हुने विमानस्थलको मौसम अनुकूल नभएसम्म आन्तरिक उडानका जहाजलाई उडान अनुमति नदिने निर्णय गरेको थियो। यो निर्णय एयरलाइन्सलाई लागू गर्दै मौसमी सूचना सहजीकरण गरिदिन जल तथा मौसम विज्ञान विभागलाई आग्रह गरिएको थियो।
      
विभागका सूचना अधिकारी विभूति पोखरेलले प्राधिकरणको आग्रहबमोजिम स्रोतसाधन र जनशक्तिले भ्याएसम्म सहजीकरण गर्न विभाग तयार रहेको बताए। 'हामी सेवा सहजीकरणकै लागि बसेका हौँ, हाम्रो क्षमता र प्रविधिले भ्याएसम्म मौसमी सूचना व्यवस्थापन गर्छौं हवाई सुरक्षाका लागि हामी पनि उत्तिकै गम्भीर छौँ, प्रविधि र जनशक्तिले भ्याएसम्म मौसमी सूचना दिन प्रतिबद्ध छौँ,' सूचना अधिकारी पोखरेलले भने।

विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवाअन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ।

प्रकाशित मिति: १९:३० बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्