Kathmandu Press

शुल्क वृद्धिको विरोधमा भक्तपुर बहुमुखी क्याम्पसमा तालाबन्दी

भक्तपुर, जेठ १९ : तोकिएको शुल्कभन्दा बढी रकम लिएको भन्दै भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस इकाइ समितिले क्याम्पसमा...
शुल्क वृद्धिको विरोधमा भक्तपुर बहुमुखी क्याम्पसमा तालाबन्दी

भक्तपुर, जेठ १९ : तोकिएको शुल्कभन्दा बढी रकम लिएको भन्दै भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस इकाइ समितिले क्याम्पसमा तालाबन्दी गरेको छ। बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने, शुल्क घटाउनुपर्ने लगायतको १२ बुँदे माग राख्दै नेपाल मजदुर किसान पार्टी निकट उक्त विद्यार्थी सङ्घले क्याम्पस प्रमुख र लेखा शाखाको कोठामा तालाबन्दी गरेका हुन्।
    
विसं २०७५ फागुन १९ गते क्याम्पस व्यवस्थापन समितिको बैठकले बिएससी सिएसआइटीको शुल्क रु तीन लाख १५ हजार ९०० निर्धारण गरेकामा क्याम्पसले अहिले प्रति विद्यार्थी रु नौ हजार १०० बढी रकम लिएपछि तालाबन्दी गरेको सङ्घका सहसंयोजक उमेश शाहीले जानकारी दिए। क्याम्पसमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त विद्यार्थी सङ्घले क्याम्पसले विद्यार्थीसँग मनोमानी शुल्क उठाएको, क्याम्पस प्रमुखले आफूखुसी कर्मचारी नियुुक्ति गरेको भन्दै त्यसको विरोध गरेका छन्।

प्रकाशित मिति: १८:३६ बजे, बिहीबार, जेठ १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्