Kathmandu Press

अफ्रिकी संघका प्रमुख साल र राष्ट्रपति पुटिनबीच शुक्रबार रुसमा वार्ता हुने

अफ्रिकी संघका प्रमुख साल र राष्ट्रपति पुटिनबीच शुक्रबार रुसमा वार्ता हुने

डाकार, जेठ १९ : अफ्रिकी संघका प्रमुख एवं सेनेगलका राष्ट्रपति म्याकी सालले शुक्रबार दक्षिणपश्चिम रुसी शहर सोचीमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने छन कार्यक्रम तय भएको छ।

यस भ्रमणको उद्देश्य 'अनाज र मलको भण्डार खाली गर्नेजसको अवरोधले विशेष गरी अफ्रिकी देशहरूलाई असर गरेको छु' गर्नु रहेको बताइएको छ।

साथै  वार्तामा युक्रेन द्वन्द्बाट सृजित समस्यालाई सहजीकरण गर्नु पनि  यसको उद्देश्य  रहेको छ। 

राष्ट्रपति पुटिनको निमन्त्रणापछि यो भ्रमणको आयोजना गरिएको  हो। त्यसैगरी  अफ्रिकी संघले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबाट भिडियो ठेगाना पनि प्राप्त गर्नेछन्। यद्यपि त्यसको कुनै मिति  भने तय गरिएको छैन।

युक्रेनको युद्धले इन्धन, अन्न र मलको लागत विश्वभर  वृद्धि भएको छ जुन अफ्रिकी राष्ट्रहरूमा तीव्र रूपमा महसुस भइरहेको छ।

युक्रेन र रुस दुवै अफ्रिकामा गहुँ र अन्य अन्नको प्रमुख आपूर्तिकर्ता हुन् जबकि रूस उर्वरक (मल) को प्रमुख उत्पादक हो।

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, जेठ १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्