Kathmandu Press

दक्षिण कोरियामा तेस्रो दिन पनि नियन्त्रणमा आएन डढेलो

दक्षिण कोरियामा तेस्रो दिन पनि नियन्त्रणमा आएन डढेलो

साेल, जेठ १९ : दर्जनौं हेलिकप्टरको सहयोगमा आगो निभाउने अनवरत प्रयासका बाबजुद पनि यहाँ बिहीबार तेस्रो दिनसम्म डढेलो नियन्त्रणमा ल्याउँन नसकिएको योनहाप समाचार एजेन्सीले जनाएको छ।

राजधानी सियोलबाट करिब २८० किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्याङको पहाडबाट मङ्गलबार बिहान शुरु भएको आगो तीव्र हावा र सुख्खा पतझरका कारण नजिकैको जङ्गलमा व्यापकरूपमा फैलिएको थियो।

Hardik ivf

उक्त डढेलो निभाउँन ५३ वटा हेलिकोप्टर र करिब २ हजार ४५० कर्मचारी परिचालन गरिएको छ। यद्यपि तीन दिनसम्म आगो नियन्त्रणमा आएको छैन।

आगलागीबाट करिब सात सय हेक्टर जमिन प्रभावित भएको छ। कुनै मानवीय र भौतिक क्षतिको  यक्किन विवरण भने अहिलेसम्म बाहिर आएको छैन।

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्