Kathmandu Press

चेक गणतन्त्रको हेरचाह गृहमा आगलागी : २ को मृत्यु, ५० घाइते

प्राग, जेठ १९ : प्राग नजिकैको अल्जाइमर रोगीहरूको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनाका साथै ५० भन्दाबढी घाइते भएको आपतकालीन सेवाहरूले...
चेक गणतन्त्रको हेरचाह गृहमा आगलागी : २ को मृत्यु, ५० घाइते

प्राग, जेठ १९ : प्राग नजिकैको अल्जाइमर रोगीहरूको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनाका साथै ५० भन्दाबढी घाइते भएको आपतकालीन सेवाहरूले बिहीबार  उल्लेख गरेका छन्।

क्षेत्रीय आपतकालीन सेवाले ट्विटरमा उल्लेख गरेअनुसार उक्त घटनामा अग्निनियन्त्रकहरूले दुई व्यक्तिलाई मृत अवस्थामा फेला पारेका थिए भने अन्य ५० भन्दाबढी घाइते थिए।

बुधबार आगलागी भएको उक्त क्षेत्रमा बिहीबार बिहानसम्म पनि दमकलहरू परिचालित थिए। आगो निभाउन र घरमा रहेका मान्छेलाई बाहिर निकाल्न करिब १०० अग्नि नियन्त्रक खटाइएको थियो।

प्रकाशित मिति: १६:४७ बजे, बिहीबार, जेठ १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्