Kathmandu Press

शान्ति समाजको स्थापना दिवस मनाइयो

शान्ति समाजको स्थापना दिवस मनाइयो

काठमाडाैं, जेठ १९ : मानवअधिकार तथा शान्ति समाजले ‘शान्ति समाजको कार्यक्षेत्र : जगतमुखी, जीवनमुखी, सेवामुखी’ उद्देश्य भन्ने मूल नारासहित आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।

यसै उपलक्ष्यमा काठमाडौँ शाखाले आज बिहान गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण अभियानलाई रु २० हजारको पिठो सहयोग गर्नुका साथै सोही स्थलमा वृक्षरोपणसमेत गरेको छ। रुपन्देही शाखाले वुटवलस्थित नेपाल अपाङ्ग आश्रमलाई खाद्यान्न सहयोग र सैनामैनास्थित सुस्त मनस्थिति विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

Hardik ivf

यसैगरी सुनसरी शाखाले स्थानीय शान्ति वृद्धाश्रमलाई, गोरखा शाखाले गुरुकुल आश्रमलाई र नवलपुर शाखाले अपाङ्ग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग गरेको छ। दाङ शाखाले तुलसीपुरस्थित आश्रमका लागि भोजन सहयोग गरेको छ।

यसैगरी चितवन शाखाले एक वृद्धाश्रमलाई नगद सहयोग, सङ्खुवासभा शाखाले फलफूल वितरण गर्नुका साथै सिरहा शाखाले लहानमा र कपिलवस्तु शाखाले वाणगङ्गामा वृक्षरोपण कार्यक्रम गरेका छन्। कैलाली शाखाले कर्णाली नदी पाताभार घाटमा सफाइ कार्यक्रम गरेको समाजका महासचिव रामकृष्ण बरालले जानकारी दिए।

शाखाले तानसेनमा श्रवणशक्ति कम भएका विद्यार्थीलाई र कास्की शाखाले बुधबार पोखरास्थित एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको थियो। शान्ति समाज स्थापना दिवसकै अवसरमा थप १७ वटा शाखाले पनि आज सेवामुखीलगायत विभिन्न कार्यक्रम आयोजना गर्दैछन्।

विसं २०५३ जेठ १९ गते स्थापित स्वयंसेवी संस्था शान्ति समाजले पछिल्लो दशकमा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना अभियान, हिमालय बचाउ आन्दोलन, युद्ध निषेधः शान्ति विशेष अभियान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार अभियान, लागू औषध–मदिरा दुव्र्यसनविरुद्ध अभियानलाई तीव्रता दिँदै आएको छ।

समाजको ३८ जिल्लामा शाखा, एक हजार ५१० आजीवन सदस्य र स्थापनाकालदेखि हालसम्म गरी १० हजार ६६० जनाले सदस्यता लिएको महासचिव बरालले जानकारी दिए। समाजका संस्थापक सभापति कृष्ण पहाडी हुन्।

प्रकाशित मिति: १५:१२ बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्