Kathmandu Press

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, तीनजनाको मृत्यु

वासिङ्टन, जेठ १८ : अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ। यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ।बुधबार ओक्लाहमाको...
अमेरिकामा फेरि अर्को गोलीकाण्ड, तीनजनाको मृत्यु

वासिङ्टन, जेठ १८ : अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ। यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ।

बुधबार ओक्लाहमाको एक अस्पताल क्याम्पसमा गोली प्रहार भएको थियो। एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

सो गोली प्रहारमा परी तीन व्यक्तिको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन्। सो अस्पतालको नातालि मेडिकल भवनमा एकजना व्यक्तिले गोली चलाएको थियो।

सेन्ट फ्रान्सिस् अस्पताल क्याम्पसमा बुधबार गोली चलेको तुल्सा प्रहरी विभागले जनाएको छ। सो विभागका अनुसार गोली चलाउने व्यक्तिको पनि ज्यान गएको छ।

केही दिन अघिमात्र पनि अमेरिकाको टेक्सास राज्यको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परेर २१ ज्नाको ज्यान गएको थियो। 

प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, जेठ १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्