Kathmandu Press

ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १०७ पुग्यो

रियो दि जेनेरियो, जेठ १९ : ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ...
ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १०७ पुग्यो

रियो दि जेनेरियो, जेठ १९ : ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ।

कम्तीमा ६,६५० व्यक्तिहरू वर्षाबाट विस्थापित भएका छन्। त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरहरूलाई भासिएका छन्। उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ।

Hardik ivf

पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो घटना हो। यस अघि दोस्रो सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा १७५ जनाले ज्यान गुमाएका थिए।

अग्निनियन्त्रक र ब्राजिलियन सेनाले तालिम प्राप्त उद्धार कुकुरहरूको सहयोगमा बेपत्ता भएकाहरूको शव खोजी कार्य तीव्र बनाएको छ। 

पर्नाम्बुका २४ नगरपालिकाहरूले आपतकालीन अवस्था घोषणा गरेका छन् भने संघीय सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका निम्ति लगभग २०० मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ।

भारी वर्षा जारी रहेकाले मङ्गलबार पनि उद्धार कार्य स्थगित गर्नुपरेको छ। साथै कारण यस क्षेत्रमा नयाँ पहिरो र बाढी आउन सक्ने चेतावनी दिइएको थियो।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सोमबार सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका लागि १ अर्ब रियल ९लगभग २१ करोड अमेरिकी डलर० विनियोजन गर्ने घोषणा गरेका छन्।

वर्षाले सर्जिपे, पाराइबा, रियो ग्रान्डे डो नोर्टे र अलागोआस राज्यहरूमा पनि क्षति पुर्या एको छ जहाँ तीन जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १४:३० बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्