Kathmandu Press

कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या : अध्ययन

पेरिस, जेठ १९ : कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ।हालै गरिएको सो अध्ययनमा कोभिड भएर...
कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या : अध्ययन

पेरिस, जेठ १९ : कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखाएको छ।

हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएकोे छ। कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो। 

युएस सेन्टरस् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनबाट सो पाइएको बताइएको छ।

सन् २०२० को मार्चदेखि सन् २०२१ को नोभेम्बरसम्म कोभिड सङ्क्रमणमा परेका करिब ३ लाख ५० हजार जना मानिसमा सो अनुसन्धान गरिएको सो सेन्टरले जनाएको एएफपी समाचार समितिले गत हप्ता जनाएको छ।

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, जेठ १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्