Kathmandu Press

चीनकाे सिचुआन प्रान्तमा भूकम्प जाँदा चारको मृत्यु

चेङ्दु, जेठ १९ : चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ। भूकम्पमा...
चीनकाे सिचुआन प्रान्तमा भूकम्प जाँदा चारको मृत्यु

चेङ्दु, जेठ १९ : चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ। भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन्। 

बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ। तीमध्ये एकको अवस्था गम्भीर छ। गम्भीर घाइते भएका दुईजनाको अवस्था अहिले स्थिर छ।  अन्य ३८ जना सामान्य घाइते भएका छन् भने तत्काल कुनै खतरा छैन।

भूकम्पबाट याआनमा १३ हजार ८१ जना प्रभावित भएका छन्। उक्त भूकम्पको केन्द्रबिन्दु १७ किलोमिटर गहिराईमा  ३०।४ डिग्री उत्तर अक्षांश र १०२।९ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, जेठ १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्