Kathmandu Press

भारतमा कोरोनाको दैनिक सङ्क्रमण करिब एक हजारले नै बढी

काठमाडाैं, जेठ १९ : भारतमा बुधबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा कोरोना सङ्क्रमितको संख्या ३ हजार ७१२ ले थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...
भारतमा कोरोनाको दैनिक सङ्क्रमण करिब एक हजारले नै बढी

काठमाडाैं, जेठ १९ : भारतमा बुधबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा कोरोना सङ्क्रमितको संख्या ३ हजार ७१२ ले थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।  

मङ्गलबार २ हजार ७४५ लाई कोरोना सङ्क्रमण भएको थियो। मङ्गलबार तुलनामा बुधबार कोरोना सङ्क्रमितको संख्या ९६७ बढेको छ। गत २२ दिनअघि कोरोना सङ्क्रमण ३ हजार नाघेको थियो।

Hardik ivf

गएको मे ९ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २०७ पुगेको थियो। त्यसपछि कोरोनाको सङ्क्रमण तीन हजारबाट घटेको थियो। 

हाल यहाँ १९ हजार ५०९ सक्रिय सङ्क्रमित रहेका छन्। यो संख्या कुल सङ्क्रमितको ०.०५ प्रतिशत हो। बुधबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ५८४ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाको संख्या कुल चार करोड २६ लाख २० हजार ३९४ पुगेको छ। अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ।

भारतले  बुधबार चार लाख ४१ हजार ९८९ को कोरोना भाइरस सङ्क्रमणको परीक्षण भएको थियो। भारतमा  कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड १३ लाख परीक्षण भएको छ।

भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५७ लाख भन्दा बढी डोज खोप लगाइएको छ।

प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्