Kathmandu Press

पूर्वाधार विकास कार्यक्रममा कर्णालीका १५ स्थानीय  तह

सुर्खेत, जेठ १९ : कर्णाली प्रदेशका १५ स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम (एलआइएसपी) मा छानिएका छन्।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार नगरपालिका र...
पूर्वाधार विकास कार्यक्रममा कर्णालीका १५ स्थानीय  तह

सुर्खेत, जेठ १९ : कर्णाली प्रदेशका १५ स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम (एलआइएसपी) मा छानिएका छन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार नगरपालिका र ११ गाउँपालिकालाई सो कार्यक्रमका लागि छनोट गरेको हो।

Hardik ivf

मन्त्रालयले उक्त कार्यक्रमका लागि सहभागी हुन इच्छुक स्थानीय तहलाई यही विसं २०७८ चैत २७ मा पहिलो पटक आशय पेश गर्न आह्वान गरिएकामा ५७ स्थानीय तहले आवेदन दिएका  थिए। 

पेश भएका स्थानीय तहहरुको आशयपत्रको मूल्याङ्कन गर्दा उच्चत्तम अङ्क प्राप्त गर्ने ५७ स्थानीय तहमध्ये रास्कोट नगरपालिका र शुभकालिका गाउँपालिका कालीकोट, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका जाजरकोट, सोरु र मुगुम कार्मारोङ गाउँपालिका छनोटमा परे।

त्यस्तै, भेरीगङ्गा नगरपालिका र सिम्ता गाउँपालिका सुर्खेत, सिमकोट, खार्पुनाथ र ताँजाकोट गाउँपालिका हुम्ला, शे–फोक्सुण्डो गाउँपालिका डोल्पा, तिला गाउँपालिका जुम्ला, दुल्लु नगरपालिका दैलेख, दार्मा गाउँपालिका सल्यान पनि छनोटमा परेका छन्।  

सामान्य प्रशासन मन्त्रालयका अनुसार बेलायत सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुनेछ।

उक्त कार्यक्रम कर्णाली प्रदेशमा २०२३ जुलाईसम्म सञ्चालन हुने र त्यसबाट पूर्वाधार विकास, जलवायु परिर्वतन, फोहरमैला व्यवस्थापनलगायतको क्षेत्रमा काम गरिने बताइएको छ।

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्