Kathmandu Press

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

काठमाडाैं, जेठ १९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार ६०० तोकिएको छ।

अघिल्लो दिन प्रतितोला रु. ९७ हजार २०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु. ४०० ले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार १०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार ७०० थियो।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले बढेर रु. एक हजार २६५ पुगेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्