Kathmandu Press

ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

काठमाडौं, जेठ १९ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीबिन्दु (आँखाको नानीमा जालो पर्ने रोग) को सफल शल्यक्रिया गरिएको छ। यही जेठ १८...
ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

काठमाडौं, जेठ १९ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीबिन्दु (आँखाको नानीमा जालो पर्ने रोग) को सफल शल्यक्रिया गरिएको छ। 

यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उनको दाहिने आँखाको शल्यक्रिया गरिएको हो। उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा. किरण शाक्यले गरेका हुन्। 

चिकित्सको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेकी छन्।

प्रकाशित मिति: १३:१५ बजे, बिहीबार, जेठ १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्