Kathmandu Press

बुधबारबाट हराइरहेका साह इनारभित्र मृत फेला

सिरहा, जेठ १९ : सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज (बिहीबार) बिहान इनारभित्र फेला परेको छ।श्रीमतीलाई औषधि लिन...
बुधबारबाट हराइरहेका साह इनारभित्र मृत फेला

सिरहा, जेठ १९ : सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज (बिहीबार) बिहान इनारभित्र फेला परेको छ।

श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो (बुधबार) साँझबाट हराएका ४८ वर्षीय साहको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो। 

Hardik ivf

‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलाश गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ।

शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। मृतकका परिवारजनले हत्या गरी इनारमा फालिएको दाबी गर्दै दोषीमाथि कार्बाहीको माग गरेका छन्।  

प्रकाशित मिति: १२:५९ बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्