Kathmandu Press

दाङका स्थानीय तहमा २१७ महिला जनप्रतिनिधि

तुलसीपुर, जेठ १९ : हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दाङका दश स्थानीय तहका १०० वडामा प्रमुख पदमा कोही पनि महिला निर्वाचित भएका छैनन्।...
दाङका स्थानीय तहमा २१७ महिला जनप्रतिनिधि

तुलसीपुर, जेठ १९ : हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दाङका दश स्थानीय तहका १०० वडामा प्रमुख पदमा कोही पनि महिला निर्वाचित भएका छैनन्।  

प्रमुख पदमा निर्वाचित नभए पनि उपप्रमुख, उपाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी २१७ महिला निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा तीन, उपाध्यक्षमा ६, महिला सदस्यमा १००, दलित महिला सदस्यमा १०० र खुला सदस्यमा ८ महिला उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिए। 

Hardik ivf

जिल्लामा ८७२ महिलाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । प्रमुख पदका लागि १०, उपप्रमुखमा ४६, वडाध्यक्षमा १९, महिला सदस्यमा ३९५, दलित सदस्यमा ३५५ र खुला सदस्यमा ४७ महिला उम्मेदवार बनेका थिए। दुई उपमहानगरपालिका र पहाडी गाउँपालिका बङ्गलाचुलीमा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाइएको थिएन । नेकपा (एमाले)ले ती सबै ठाउँमा महिलालाई उपप्रमुखमा उम्मेदवार बनाएको थियो । राप्रपासहित अन्य साना दलले पनि प्रमुखमा महिलालाई उम्मेदवार बनाएका थिए। 

दलहरुले गठबन्धन नगरेका यहाँका सात स्थानीय तहमध्ये  नेपाली कांग्रेसले राप्ती गाउँपालिकामा अध्यक्ष र शान्तिनगर गाउँपालिका–२ मा महिला उम्मेदवार बनाएको थियो । ती दुवै स्थानमा उनीहरु पराजित भए । एमाले लगायत अन्य दलले पनि वडामा महिला उम्मेदवार बनाएका थिए । कोही पनि विजयी भएनन् । जिल्लाका १० स्थानीय तहको प्रमुख र उपप्रमुख, वडाध्यक्ष, दलित, महिला र खुला सदस्यमा गरी कूल दुई हजार २०७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। 

प्रकाशित मिति: १०:३० बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्