Kathmandu Press

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, जेठ १९ : पूर्वी चितवनको खैरहनीमा कारको ठक्करबाट मोटरसाइकल चालक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८...
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, जेठ १९ : पूर्वी चितवनको खैरहनीमा कारको ठक्करबाट मोटरसाइकल चालक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङ रहेका छन्।

Hardik ivf

पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९ सिमलटाँडीमा गएराति भारतीय कारको ठक्करबाट घाइते भएका थिए। उनलाई तत्कालै पुरानो मेडिकल कलेजमा लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ०७:४० बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्