Kathmandu Press

इटालीलाई हराउँदै अर्जेटिनाले जित्यो उपाधि

काठमाडौं, जेठ १९ : इटालीलाई हराउँदै अर्जेटिनाले फाइनलिसीको उपाधि जितेको छ।र्गराति भएको खेलमा अर्जेन्टिनाले इटालीलाई ३-० ले पराजित गरेको हो। इंग्ल्यान्डको वेम्बली रंगशालामा...
इटालीलाई हराउँदै अर्जेटिनाले जित्यो उपाधि

काठमाडौं, जेठ १९ : इटालीलाई हराउँदै अर्जेटिनाले फाइनलिसीको उपाधि जितेको छ।

र्गराति भएको खेलमा अर्जेन्टिनाले इटालीलाई ३-० ले पराजित गरेको हो। इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई मार्टिनेजले खेलको २८ मिनेटमै अग्रता दिलाएका थिए।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा डि मारियाले अर्को गोल गरे। दोस्रो हाफको इन्जुरी समयमै अर्जेटिनाका डिबालाले गोल गरे।

यो खेल २९ वर्षपछि भएको हो। यसअघि १९९३ मा भएको डेनमार्कसँगको खेलमा अर्जेटिना पेनाल्टी सुटआउटमा विजयी भएको थियो।

 

प्रकाशित मिति: ०६:४५ बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्