विभिन्न स्थानमा गरी तीन जना मृत अवस्थामा फेला
काठमाडौं, जेठ १८ : देशका विभिन्न भागमा गरी तीन जना मृत अवस्थामा फेला परेका छन् ।कपिलबस्तुको शिवराज नगरपालिका १ बन्कट्टा बस्ने ५७ वर्षीय...
काठमाडौं, जेठ १८ : देशका विभिन्न भागमा गरी तीन जना मृत अवस्थामा फेला परेका छन् ।
कपिलबस्तुको शिवराज नगरपालिका १ बन्कट्टा बस्ने ५७ वर्षीय पशुपती लोहार सोही ठाउँस्थित टिकुलीगढ सामुदायिक बनको नर्सरी जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर, मनहरी गाउँपालिका ६ सुनाचुरीस्थित सुनाचुरी जंगलको खोल्सामा सोही गाउँपालिका–६ जोगिताल बस्ने १६ वर्षीय सुरेश लामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै रुपन्देहीको सैनामैना नगरपालिका २ सरौली मनकामना टोलस्थित रिङरोडको कलबर्टमा रहेको पानीमा सोही ठाउँ बस्ने ५५ वर्षीया दिलमाया थारु बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:३० बजे, बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











