Kathmandu Press

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ १८ : नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ३ हजार ९ सय २९ पिसिआर परिक्षणका क्रममा १२...
थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ १८ : नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार ९ सय २९ पिसिआर परिक्षणका क्रममा १२ जना र ९ सय १३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन।

त्यस्तै थप ११ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय २ जना निको भएका छन्। हाल नेपालमा ९८ सक्रिय संक्रमित आइशोलेशनमा रहको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:३२ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्