Kathmandu Press

राष्ट्रियसभामा बजेटमाथिको छलफल सकियाे, अर्काे बैठक भाेलि दिउँसो १ बजे

काठमाडौं, जेठ १८ : संघीय संसद्‌को माथिल्लो सदन राष्ट्रिय सभामा बजेटमाथिको छलफल सकिएको छ। सरकारले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको...
राष्ट्रियसभामा बजेटमाथिको छलफल सकियाे, अर्काे बैठक भाेलि दिउँसो १ बजे

काठमाडौं, जेठ १८ : संघीय संसद्‌को माथिल्लो सदन राष्ट्रिय सभामा बजेटमाथिको छलफल सकिएको छ। 

सरकारले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमाथि राष्ट्रिय सभामा सोमबारदेखि आज (बुधबार) सम्म छलफल भएको थियो। छलफलका क्रममा सांसद्‌हरुले उठाएका प्रश्नको आज अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएका थिए। 

अर्थमन्त्रीले जवाफ दिने क्रम सकिएलगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बजेटमाथिको सामान्य छलफल सकिएको घोषणा गर्दै आगामी बैठक बिहीबार (भाेलि) दिउँसो १ बजे बस्ने जानकारी दिएका थिए। 

प्रकाशित मिति: १७:२० बजे, बुधबार, जेठ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्