Kathmandu Press

ब्राजिलमा वर्षा र बाढीबाट १०० जनाको मृत्यु, हजारौं विस्थापित

रियो डि जेनेरियो, जेठ १८ : भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा १०० जना पुगेको प्राप्त समाचारमा...
ब्राजिलमा वर्षा र बाढीबाट १०० जनाको मृत्यु, हजारौं विस्थापित

रियो डि जेनेरियो, जेठ १८ : भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा १०० जना पुगेको प्राप्त समाचारमा जनाइएको छ।

यहाँ गत हप्तादेखि जारी रहेको भारी वर्षा र त्यसपछि आएको बाढीले यी नागरिकको ज्यान गएको हो। ब्राजिलको उत्तर क्षेत्रीय सहर रेसिफका विभिन्न नगरपालिकालाई बाढीले बढी प्रभावित पारेको छ।

त्यस सहर र त्यसको वरपर परेको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन्।बाढीमा परेर १६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन्।

यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन्। उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीम पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन्।

प्रकाशित मिति: १७:१० बजे, बुधबार, जेठ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्