Kathmandu Press

भारतमा एकै दिन थपिए २ हजार ७ सय ४५ कोरोना सङ्क्रमित

भारतमा एकै दिन थपिए २ हजार ७ सय ४५ कोरोना सङ्क्रमित

काठमाडाैं, जेठ १८ : भारत मंगलबार दुई हजार ७४५ कोरोनाका नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ।  

सोमबार दुई हजार ३३८ लाई कोरोना सङ्क्रमण भएको थियो। सोमबार तुलनामा मंगलबार कोरोना सङ्क्रमितको संख्यामा बढेको छ, अर्थात ४०७ जना कोरोना सङ्क्रमित बढेका मन्त्रालयले थप जानकारी दिएको छ।

Hardik ivf

हाल यहाँ १८ हजार ३८६ सक्रिय सङ्क्रमित रहेका छन्। यद्यपि हिजो सार्वजनिक भएको समाचारअनुसार १७ हजार ८८३ सक्रिय सङ्क्रमित रहेका थिए। यो संख्या कुल सङ्क्रमितको ०.०४ प्रतिशत हो।

मङ्गलबार मध्यरातीसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ३३६ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाको संख्या कुल चार करोड २६ लाख १७ हजार ८१० पुगेको छ। अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा छको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुने कुल मृतकको संख्या ५ लाख २४ हजार ६ सय ३६ पुगेको छ।

भारतले  मङ्गलबार १० लाख ९१ हजार ११० को कोरोना भाइरस सङ्क्रमणको परीक्षण भएको थियो। भारतमा  कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ८ लाख परीक्षण भएको छ।

भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५७ लाख २० हजार ८०७ डोज खोप लगाइएको छ।

प्रकाशित मिति: १७:०३ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्