Kathmandu Press

दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधिका लागि मतदान

सउल, जेठ १८ :  दक्षिण कोरियामा बुधबार मतदान भइरहेको छ। स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि मतदान भइरहेको हो।  निर्वाचनबाट नगर प्रमुखहरू, गभर्नरहरु...
दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधिका लागि मतदान

सउल, जेठ १८ :  दक्षिण कोरियामा बुधबार मतदान भइरहेको छ। स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि मतदान भइरहेको हो।  

निर्वाचनबाट नगर प्रमुखहरू, गभर्नरहरु र स्थानीय परिषद सदस्यहरू निर्वाचित हुनेछन भने सात जना सांसद पनि चयन हुनेछन्।स्थानीय समय अनुसार बिहान ६ बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन्। 

Hardik ivf

मतदानका लागि देशभरी १४ हजार ४६५ मतदान केन्द्रहरू तोकिएको पनि राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ । कोरोना भाइरसको महामारी फैलिइरहेको बेलामा पनि दक्षिण कोरियामा स्थानीय तथा संसदीय प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेको हो । 

कोरोना भाइरसबाट सङ्क्रमित भइ क्वारेन्टाइनमा बसेकाहरूलाई भने बेलुका ६।३० देखि ७।३० सम्म मतदानको व्यवस्था गरिएको छ । दिउसोमा अन्य मतदाताहरूको भिडभाड हुने भएकाले सङ्क्रमतिलाई छुट्टै समय तय गरिएको अधिकारीहरूले जनाएका छन् । 

बुधबारको मतदानबाट १७ नगरका प्रमुख र प्रान्तीय गभर्नरहरु निर्वाचित हुनेछन भने २२६ जना स्थानीय परिषद्का प्रमुखहरू छनौट हुनेछन । 

त्यसैगरी नगरपरिषद् सदस्य र प्रान्तीय परिषद् सदस्य ८२४ जना र स्थानीय परिषद् सदस्य दुई हजार ९२७ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि यसअघि गत शुक्रबार र शनिबार पनि मतदान भएको थियो। 

प्रकाशित मिति: १६:५२ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्