Kathmandu Press

जिसस कैलालीको निर्वाचन यही जेठ ३० मा

काठमाडौं, जेठ १८ : जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यही जेठ ३० गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार...
जिसस कैलालीको निर्वाचन यही जेठ ३० मा

काठमाडौं, जेठ १८ : जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यही जेठ ३० गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार जेठ २० गते मतदाता नामावली प्रकाशन, २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। 

यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ, भने ३० गते जिसस कैलालीमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। १३ पालिका भएको जिल्लामा २६ जनाले मतदाता गर्न पाउने छन् । एक जना स्वतन्त्ररुपमा विजयी भएका जनप्रतिनिधि छन् भने एक जना सत्ता गठबन्धनकाविरुद्ध चुनाव लडेका नेपाली कांग्रेसका पालिका अध्यक्ष छन्।

यी  दुई पालिका प्रमुख र अध्यक्षको मत जिल्ला समन्वय समिति गठन गर्न निर्णायक हुने देखिएको छ । जिल्ला समन्वय समितिको संयोजक बन्नका लागि सत्ता गठबन्धनसँग १४ मत आवश्यक पर्नेमा १३ मत छ । कांग्रेससँग ८, माओवादीसँग ४ र एकीकृत समाजवादीसँग एक मत गरेर जम्म १३ मत हुन्छ। 

गठबन्धनविरुद्ध उम्मेदवारी दिएको जनाउँदै कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई कारबाही गरिएको थियो । जिल्लाका चार स्थानीय तह जितेको नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग  ५ मत मात्रै छ । एमाले र नागरिक उन्मुक्ति मिल्दा पनि १२ मत मात्रै हुन्छ। 

कांग्रेस र नागरिक उन्मुक्तिले प्रमुख आफूले पाउनुपर्ने दाबी गरिरहेको जनाइएको छ। 

प्रकाशित मिति: १५:५७ बजे, बुधबार, जेठ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्