Kathmandu Press

खत्रीको हत्यामा संलग्न दुई पक्राउ

काठमाडाैं, जेठ १८ : नेपाल प्रहरीले उदयपुर तामिल्छा नगरपालिका –८ घर भई चन्द्रागिरि नगरपालिका–१० बोसीगाउँ बस्ने उदयपुरका २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न...
खत्रीको हत्यामा संलग्न दुई पक्राउ

काठमाडाैं, जेठ १८ : नेपाल प्रहरीले उदयपुर तामिल्छा नगरपालिका –८ घर भई चन्द्रागिरि नगरपालिका–१० बोसीगाउँ बस्ने उदयपुरका २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीले खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जनलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

कीर्तिपुर नगरपालिका–३ ढाल्पास्थित सडकमा कुटपिट गर्दा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीले मृतक खत्रीको झोलाबाट नियन्त्रित लागुऔषध डाइजेपाम ३१ एम्पुल, फेनार्गन ६४ एम्पुल र नुर्फिन ७२ एम्पुल बरामद गरेको गरेको छ। घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:३६ बजे, बुधबार, जेठ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्