Kathmandu Press

चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने घर बेचेर सरकारलाई सघाउँछु : श्रीवास्तव

काठमाडाैं, जेठ १८ : लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर...
चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने घर बेचेर सरकारलाई सघाउँछु : श्रीवास्तव

काठमाडाैं, जेठ १८ : लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भए पनि सरकारलाई सहयोग गर्ने जानकारी दिएका छन्।

आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै  उनले ती उद्योग सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने जानकारी गराए। 

'यस वर्ष वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने मेरो नामको एउटा घर छ, त्यो घर या त सरकारको नाममा पास गर्छु, नभए घर बेचेरै भए पनि एक वा डेढ करोड जति हुन्छ, बेचेर व्यक्तिगत रुपमा सहयोग गर्न तयार छु,' उनले भने।

उनले वीरगञ्जमा चिनी मिल खुलेमा बारा, पर्सा, रौतहटलगायत जिल्लाका हजारौं मानिसलाई रोजगारी प्राप्त हुने र कृषि औजार कारखानाबाट मुलुकभरका किसानलाई कृषि औजार उपलब्ध हुने भएकाले छिटो सञ्चालन गर्न माग गरे।

उनले बजेटमा कतिपय राम्रा कुरा रहे पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको पनि बताए। सरकारले १० कुरामा आयात नगर्ने भन्ने निर्णय गरेको तर आत्मनिर्भर भएको बिस्कुट र साबुनमा जस्ता वस्तुमा आयात रोक्ने कुरामा ध्यान जान आवश्यक रहेकोमा जोड दिँदै उहाँले  आत्मनिर्भर रहेका वस्तुको आयात रोक्न पनि उनले आग्रह गरे। 

प्रकाशित मिति: १४:११ बजे, बुधबार, जेठ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्