Kathmandu Press

महाकाली नगरका वडा सदस्यको मृत्यु

दार्चुला, जेठ १८ : दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट वडा सदस्यमा...
महाकाली नगरका वडा सदस्यको मृत्यु

दार्चुला, जेठ १८ : दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ। 

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताए। 

पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए।

प्रकाशित मिति: १२:१७ बजे, बुधबार, जेठ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्