Kathmandu Press

म्याग्दीका पालिकालाई दुई अर्ब अनुदान

म्याग्दी, जेठ १८ : संघीय सरकारले म्याग्दीका स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कूल दुई अर्ब ११ करोड ६१ लाख विनियोजन...
म्याग्दीका पालिकालाई दुई अर्ब अनुदान

म्याग्दी, जेठ १८ : संघीय सरकारले म्याग्दीका स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कूल दुई अर्ब ११ करोड ६१ लाख विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेटमा म्याग्दीको बेनी नगरपालिका र पाँच गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन गरिएको उल्लेख छ ।

Hardik ivf

बेनी नगरपालिकाले ५१ करोड ४२ लाख, अन्नपूर्ण गाउँपालिकाले ३३ करोड ८३ लाख र धवलागिरि गाउँपालिकाले २७ करोड ६७ लाख रूपैयाँ अनुदान पाउने भएका छन् ।

यसैगरी मंगला गाउँपालिकाले ३१ करोड २९ लाख, मालिका गाउँपालिकाले ३५ करोड दुई लाख र रघुगंगा गाउँपालिकाले ३२ करोड ३८ लाख अनुदान पाउने छन् ।

संघीय सरकारले म्याग्दीमा आर्थिक वर्ष २०७८÷७९ का लागि दुई अर्ब ६९ लाख र २०७७÷७८ मा एक अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

संघ र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन बाँकी अनुमानित बजेटलाई आधार मानेर स्थानीय तहले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट बाँडफाँटको प्रक्रिया थालेका छन् ।

प्रकाशित मिति: ०८:५३ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्