Kathmandu Press

टिकापुर अस्पताल भवन निर्माणमा लापरवाही

कैलाली, जेठ १८ : कैलालीको टीकापुर अस्पताल परिसरभित्र सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ।आर्थिक वर्ष २०७७÷७८ मा दुई...
टिकापुर अस्पताल भवन निर्माणमा लापरवाही

कैलाली, जेठ १८ : कैलालीको टीकापुर अस्पताल परिसरभित्र सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ।

आर्थिक वर्ष २०७७÷७८ मा दुई करोड विनियोजन भए पनि हालसम्म भवन निर्माणको काम अघि बढ्न सकेको छैन । प्रदेश सरकारले क्रमागतमा राखेर चालु आवमा चार करोड रुपैयाँ विनियोजन गरेको थियो ।

केही महिना अगाडि टीकापुर नगरपालिकाका निवर्तमान प्रमुख तपेन्द्रबहादुर रावलले भवनको शिलान्यास गरेका थिए। भवन निर्माणमा संलग्न रोयल पवन जेभीले बल्ल जग हाल्ने काम थालेको छ।

सम्झौताविपरित जग ढलानमा कमसल सामग्री प्रयोग गरेपछि विवाद उत्पन्न भएको छ । यता, निर्माण कम्पनी रोयल पवन जेभीका सञ्चालक सिद्धराज भट्ट भने उक्त आरोपमा कुनै सत्यता नभएको बताएका छन्। उनले भवन निर्माण र पर्खाल निर्माणमा छुट्टछुट्टै सामग्री प्रयोग गरेको बताए।

निर्माणमा कमसल सामाग्री प्रयोग भएकोबारे जानकारी नभएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताए। ‘भवन निर्माणमा कम्पनीले लापरबाही गरेकोबारे पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाउँछौं’, उनले भने, ‘गलत गरेको पाइए कारबाहीका लागि प्रदेश सरकारलाई सिफारिस गर्छौँ ।’

सम्झौतामा अनुसार आगामी असार मसान्तसम्म  काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, भवन निर्माणको काम चालु आर्थिक वर्षमा सम्पन्न नहुने निर्माणमा संलग्न कम्पनीले जनाएको छ ।  

चार करोड रुपैयाँको लागत अनुमान रहेको भवन निर्माण कम्पनीले दुई करोड ४१ लाखमा रुपैयाँमा ठेक्का पाएको हो ।

प्रकाशित मिति: ०८:४८ बजे, बुधबार, जेठ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्