चितवनमा जङ्गली जनावरको आक्रमणबाट एककाे मृत्यु
भरतपुर, जेठ १७ : भरतपुर महानगरपालिका–११ मा जङ्गली जनावरको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय कैलाश टोल निवासी ५१...
भरतपुर, जेठ १७ : भरतपुर महानगरपालिका–११ मा जङ्गली जनावरको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय कैलाश टोल निवासी ५१ वर्षीय चाथर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका अनुसार निगुरो र च्याउ टिप्न नवजागृति सामुदायिक वनमा गएका कुमाललाई जङ्गली जनावरले आक्रमण गरेको थियो। जङ्गली जनावरको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो।
बिहान ११ः३० बजे सामुदायिक वनमा गएका कुमाललाई जङ्गली जनावरले दिउँसो ५ः३० बजे आक्रमण गरेको थियो। कुन जनावरले आक्रमण गरेको भन्ने कुरा पुष्टि हुन नसकेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
प्रकाशित मिति: २०:२२ बजे, मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












