Kathmandu Press

भारतमा दश करोडभन्दा बढी किसानलाई २१ हजार करोड हस्तान्तरण

भारतमा दश करोडभन्दा बढी किसानलाई २१ हजार करोड हस्तान्तरण
Hardik ivf

शिमला, जेठ १७ : प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि  योजनाअन्तर्गत १० करोड भन्दाबढी किसानहरूलाई २१,००० करोड रूपैयाँ हस्तान्तरण गरेका छन। प्रधानमन्त्री मोदी ‘गरीब कल्याण सम्मेलन’ मा सहभागी हुन आज यहाँ आएका बेला उक्त रकम हितानुपेक्षी किसानलाई हस्तान्तरण गरिएको हो। प्रधानमन्त्री मोदिले स्थानीय रिज मैदानमा जारी सम्मेलनका क्रममा किसानहरूसँग विभिन्न सरकारी योजनाबारे पनि छलफल गरेका थिए।

उनले देशभरका जनप्रतिनिधिसँग सरकारले सञ्चालन गरेका विभिन्न कल्याणकारी कार्यक्रमका बारेमा प्रतिक्रिया मागेका थिए। प्रधानमन्त्री कार्यालयका अनुसार मुलुकका नागरिकको सहज जीवनयापनमा सुधार ल्याउन सरकारी कार्यक्रमको पहुँच र वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकारले मे ३० मा केन्द्रमा आफ्नो आठ वर्ष पूरा गरेको छ।

प्रकाशित मिति: १८:५५ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्