Kathmandu Press

ब्राजिलमा भारी वर्षा र बाढीबाट ९१ जनाको मृत्यु, हजारौँ विस्थापित

रियो डि जेनेरियो, जेठ १७ : भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा पनि ९१ जना पुगेको प्राप्त...
ब्राजिलमा भारी वर्षा र बाढीबाट ९१ जनाको मृत्यु, हजारौँ विस्थापित

रियो डि जेनेरियो, जेठ १७ : भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा पनि ९१ जना पुगेको प्राप्त समाचारमा जनाइएको छ। केही दिनयदेखि यहाँ भारी वर्षा भइरहेको छ। उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन्।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परिरहेको छ। अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप देखिएको बताइएको छ। भारी वर्षा र त्यसपछिको बाढीले गर्दा अहिले सम्म २६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन्।

यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन्। उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीमा पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन्।

रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर गएको शनिबार २० जनाको ज्यान गएको थियो। यहाँ अहिले पनि पानी पर्ने क्रम नरोकिएकाले सतर्कता अपनााउन भनिएको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १८:५२ बजे, मंगलबार, जेठ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्