भारतमा एक दिनमा थप दुई हजार ३३८ जना कोरोना सङ्क्रमित

नयाँ दिल्ली, जेठ १७ : भारतमा सोमबार कोरोनाको दैनिक सङ्क्रमणमा थोरै गिरावट देखिएको छ। पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ३३८ नयाँ सङ्क्रमित थपिएका छन।
आइतबार एक दिनमा दुई हजार ७०६ जना कोरोना सङ्क्रमित भएका थिए। आइतबार तुलनामा सोमबार कोरोना सङ्क्रमितको संख्यामा केही कमि आएको देखियो। हाल यहाँ १७ हजार ८८३ सक्रिय सङ्क्रमितसक्रिय रहेका छन्। यो संख्या कुल सङ्क्रमितको ०।०४ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा २ हजार १३४ जनालाई कोरोना निको भएपछि कुल ४ करोड २६ लाख १५ हजार ५७४ पुगेको छ। अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ६३० पुगेको छ।
भारतले सोमबार ३ लाख ६३ हजार ८८३ जनाको कोभिड परीक्षण गरेको छ। हालसम्म भारतमा कुल ८५ करोड ४ लाख कोभिड परीक्षण गरिएको छ। भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो। सो समयदेखि हालसम्म १ अर्ब ९३ करोड डोज खोप लगाइएको छ।












