Kathmandu Press

पाकिस्तानको सिन्धमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु १३ घाइते

इस्लामावाद, जेठ १७ : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिक मङ्गलबार बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकाे छ। दुर्घटनामा अन्य...
पाकिस्तानको सिन्धमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु १३ घाइते

इस्लामावाद, जेठ १७ : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिक मङ्गलबार बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकाे छ। दुर्घटनामा अन्य १३ यात्रु घाइते भएका छन्।

बस पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरबाट दक्षिणी बन्दरगाह शहर कराँची जाँदै गर्दा बाटोमा पल्टिएको सिन्ह्वाले जनाएको छ। दुर्घटनामा परेका सबैलाई स्थानीय  अस्पतालमा  लगिएको मोटरवे प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई बताएको छ।

मोटरवे प्रहरीका अनुसार घाइते अधिकांश यात्रुहरू सिन्धका विभिन्न शहर र देशको पूर्वी पञ्जाब प्रान्तका रहेको सिन्ह्वाले उल्लेख गरेको छ।

मुख्यतया खराब सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरू हुने गर्दछन्।

प्रकाशित मिति: १८:२६ बजे, मंगलबार, जेठ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्