Kathmandu Press

प्रेस युनियनका अध्यक्ष सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघमा निर्वाचित

काठमाडाैं, जेठ १७ : नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल विश्भरका पत्रकारहरुको छाता संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को कार्यकारी समिति सदस्यमा निर्वाचित...
प्रेस युनियनका अध्यक्ष सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघमा निर्वाचित

काठमाडाैं, जेठ १७ : नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल विश्भरका पत्रकारहरुको छाता संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन्।  

ओमानको राजधानी मस्कटमा जारी अन्तर्राष्ट्रिय पत्रकार महासंघको वल्र्ड कङ्ग्रेसमा उनी मङ्गलबार आइएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित हुनुभएको सो भेलामा सहभागी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए। 

नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा नेपाली प्रेसले खेलेको भूमिकाको मूल्याङ्कन गर्दै अध्यक्ष सिग्देललाई एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गरी आइएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित गरिएको हो।

आइएफजेको यो तहमा नेपालबाट निर्वाचित हुने युनियनका अध्यक्ष सिग्देल सम्भवतः पहिलो व्यक्ति रहेको युनियनका कार्यवहाक महासचिव भीष्मराज ओझाले जानकारी दिए ।  

प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । श्रमजिवी पत्रकारका हकहित र लोकतन्त्रका लागि योगदान गर्नेलगायत उद्देश्यका साथ युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको हो । 

प्रकाशित मिति: १७:०६ बजे, मंगलबार, जेठ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्