Kathmandu Press

संसदमा रायमाझीको व्यंग्य– बजेट पास नभए प्रतिपक्षी दलका नेताको तलब रोकिन्छ

काठमाडौं, जेठ १८ : कांग्रेस सांसद रमेशजंग रायमाझीले बजेट पास नभए प्रतिपक्षी दलकै नेताको तलब रोकिने भन्दै व्यंग्य गरेका छन्।मंगलबार राष्ट्रियसभामा बजेटमाथिको छलफलमा...
संसदमा रायमाझीको व्यंग्य– बजेट पास नभए प्रतिपक्षी दलका नेताको तलब रोकिन्छ

काठमाडौं, जेठ १८ : कांग्रेस सांसद रमेशजंग रायमाझीले बजेट पास नभए प्रतिपक्षी दलकै नेताको तलब रोकिने भन्दै व्यंग्य गरेका छन्।

मंगलबार राष्ट्रियसभामा बजेटमाथिको छलफलमा बोल्दै रायामाझीले एमालेले बजेटमा खर्च कटौती गर्न भनिरहेको भन्दै बजेट पास नभए प्रतिपक्षी दलका नेता र सांसदको तलब रोकिने भन्दै व्यंग्य गरेका हुन्।

‘‘प्रतिपक्षमा हुँदा एक रुपैयाँ घटाइयोस् भनेर विरोधको सूचना हाल्ने चलन छ, अहिले पनि प्रतिपक्षीले हाल्नुहुन्छ होला त्यो उहाँहरुले प्रतिपक्षको हिसाबले देखाउन भएपनि गर्नुहुन्छ’, उनले भने, तर भित्रभित्र बजेट राम्रो छ भनेर पास नै गर्न खोज्नुहुन्छ, यदि पास भएन् भने पिएओ, माननीय सहित प्रतिपक्षी दलकै नेताको तलब पनि रोकिन्छ ।’

उनले हालको सरकारलाई परमादेशको सरकार भन्ने गरेकोमा नेपाली कांग्रेस बाहेक अन्य सबै पार्टीहरु परमादेशका पार्टी भएको समेत बताए । यस्तै उनले उनले सत्ता र प्रतिपक्षी कुण्ठा पालेर बसेको भन्दै त्यो त्याग्नका लागि सुझाव पनि दिए ।

काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवार विजयी हुँदा पार्टीलाई जनताले अस्वीकार गरेको भन्दै राजनीतिक पार्टीले दम्भ त्याग्नुपर्ने र सुधारिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: १६:३५ बजे, मंगलबार, जेठ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्