Kathmandu Press

भक्तपुर नगरकार्यपालिका सदस्य निर्विरोध

भक्तपुर, जेठ १७ : भक्तपुर नगरपालिकाको नगर कार्यपालिकाको पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर नगरपालिकामा निर्वाचित महिला वडा सदस्यहरुमध्येबाट कार्यपालिकामा निर्वाचित...
भक्तपुर नगरकार्यपालिका सदस्य निर्विरोध

भक्तपुर, जेठ १७ : भक्तपुर नगरपालिकाको नगर कार्यपालिकाको पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर नगरपालिकामा निर्वाचित महिला वडा सदस्यहरुमध्येबाट कार्यपालिकामा निर्वाचित हुने पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन्।

नगरपालिकाको नगरकार्यपालिका सदस्यमा वडा नं ३ मा सुनिता अवाल (प्रजापति), वडा नं ५ मा  कृष्णप्यारी भुजू, वडा नं ६ मा रोशनमैयाँ सुवाल, वडा नं ७ मा रञ्जना त्वाती र वडा नं ९ मा छोरीमैयाँ सुजखु प्रजापति निर्विरोध निर्वाचित भएका हुन् । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले क्लिन स्विप गरेको थियो । यसैबीच नवनिर्वाचित नगर कार्यपालिका सदस्यहरुले आजै शपथ ग्रहण गरेका छन् । सो अवसरमा नगरप्रमुख सुनिल प्रजापतिले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै कार्यपालिकाले पूर्णता पाएसँगै छिट्टै कार्यविभाजन गरी हरेक क्षेत्रमा विशेष ढङ्गले काम गर्ने बताए।

नगरपालिकाले सस्तो लोकप्रियताका लागि नभई भक्तपुर नगर र नगरवासीहरुको सन्तुलित विकास र आर्थिक जीवनस्तर उकास्ने ढङ्गले काम गर्दै आइरहेको बताउँदै उनले जनतासँग एकाकर भई काम गर्न सके जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सफल हुनेमा विश्वास व्यक्त गरे । उपप्रमुख रजनी जोशीले निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता एकएक गरी पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यकाल अझ सफल र उपलब्धिमूलक हुने ढङ्गले काम अगाडि बढाउने बताए। 

प्रकाशित मिति: १५:१४ बजे, मंगलबार, जेठ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्